दिल्लीको प्रदूषणले बालबालिका बढी प्रभावित
नयाँ दिल्ली- भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
वायु प्रदुषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गङ्गाराम अस्पतालका डा धीरेन गुप्ताको भनाइ छ । 'बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो,' उनले भने ।
बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उनको टिप्पणी छ । विशेष गरेर बालबालिकामा स्वासप्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उनले बताए । साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामी आउने गरेको उनले जानकारी दिए ।
भारतको राष्ट्रिय राजधानीसमेत रहेको नयाँ दिल्लीमा दीपावलीका पटाकाका कारण शुक्रबारदेखि वायु प्रदूषण फेरि खतरा अवस्थामा पुगेको छ । प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसले बिहीबार राति अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीको भनाइ छ ।
सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीका रूपमा चिनिँदै आएको छ । हिउँदमा छिमेकी राज्यमा जलाइएका परालका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।
सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् । दिल्ली मात्रै नभई भारतका अरु पनि धेरै शहरहरु अति प्रदूषित शहरमा पर्दछन । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा शहर भारतमै रहेका छन् । भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाउने गरेका छन् । (एएनआई)

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया