चीनद्वारा पृथ्वी विज्ञान उपग्रह प्रक्षेपण
ताइयुवान- चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ । गुआङ्मु नामक उपग्रहलाई लङ मार्च-६ क्यारियर रकेटले बिहान १०:१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्ष्यित कक्षमा प्रवेश गरेको थियो ।
प्रक्षेपण केन्द्रका अनुसार यो लङ मार्च रकेट शृङ्खलाको ३९५ औं उडान मिसन थियो । चाइनिज एकेडेमी अफ साइन्सेज द्वारा विकसित, उपग्रह (SDGSAT-1) विश्वको पहिलो अन्तरिक्ष विज्ञान उपग्रह हो जुन दिगो विकासको लागि संयुक्त राष्ट्र २०३० एजेन्डाप्रति गर्न समर्पित छ ।
तीनवटा अप्टिकल पेलोडसहितको उक्त स्याटेलाइटले मानव र प्रकृति र दिगो विकासबीचको अन्तरक्रियाको अनुगमन, मूल्याङ्कन र अध्ययनका लागि अन्तरिक्ष अवलोकनका लागि डाटा उपलब्ध गराउन सक्ने एकेडेमीले जनाएको छ । (सिन्ह्वा)

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया