बेलडाँगी शिविरका दुई छाप्रामा आगलागी

झापा- दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा गएराति आगलागी भएको छ । आगलागीबाट छाप्रा पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए ।
उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्णरूपमा क्षति भएको छ । आगलागी इलाका प्रहरी कार्यालय दमकको टोली, सशस्त्र प्रहरी बेलडाँगी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो ।
एकाइका प्रमुख दाहालका अनुसार लक्ष्मीपूजामा दियो बाल्ने क्रममा अमरबहादुर मगरको घरबाट आगो सल्किँदा छिमेकी चापागाईँको पनि छाप्राका भाँडावर्तन, खाद्यान पूर्णरूपमा नष्ट भएको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया