रत्नपार्कमा १८औं काग सम्मेलन

काठमाडौं - काग तिहारको अवसर पारेर काग सम्मेलन भएको छ । कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन्।
काठमाडौंको शान्तिबाटिका गेट रत्नपार्कमा बिहान ६ बजे काग सम्मेलन गरिएको हो । रमेशले कागको आवाज निकालेर काग जम्मा गर्ने गरेका छन् । एक सय ७३ जीव जनावर तथा चराचुरुंगीसँगै बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामनासहित काग सम्मेलन गरेको बताए ।
'काग भएका ठाउँमा आफै आउँछन् त्यसैले नभएको स्थानमा म काग बोलाउछु', रमेशले भने, 'मैले नारायणहिटी दरबार अगाडि काग बोलाउने योजना पनि बनाएको थिएँ, तर त्यहाँ जाम हुन्छ भनेर यहीँ गरेको हुँ ।' उनले सपनामा काग कराएको देखेपछि विपनामा त्यसलाई एप्लाई गरे ।
बुटवलमा एकपटक कार्यक्रममा जाँदा एउटा काग मर्दा सबै काग खोलामा आएर नुहाएको देखेपछि आफूलाई अझै लगाव बढेको उनले बताए । उनले यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा झन्डै ६ महिना कागसँगै अन्य पशुपंक्षीकाे अध्ययन गरेको उल्लेख गरे ।

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

प्रतिक्रिया