शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

ब्लिङ्‍क भेन्चर्सले दुई दिने महिला नेतृत्‍व सम्मेलन गर्ने

काठमाडौँ - ब्लिङ्क भेन्चर्सले विभिन्‍न निकायमा महिला नेतृत्त्वको समान सहभागिता गराउने उद्देश्यले दुई दिने भर्चुअल महिला सम्मेलन गर्ने भएको छ । व्यवहारिक ज्ञान, उपकरण सञ्चालन तथा सीप क्षमता विकास गराउन दुई दिने भर्चुअल सम्‍मेलन गर्ने लागिएको हो। सम्मेलन मंसिर चार र पाँच गते(२० र २१ नोभेम्‍बर) हुने आयोजकले जनाएको छ । ब्लिङ्क भेन्चर्सकाअनुसार सम्मेलनमा विभिन्न उद्यम र व्यवसायमा संलग्न रहेका पाँच सय महिलाहरू सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न वर्कसपहरू हुनेछन् ।