मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

लिबियाको तटबाट ९२ गैरकानुनी आप्रवासीको उद्धार : राष्ट्रसंघ

त्रिपोली- शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले सोमबार ९२ गैरकानूनी आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको जनाएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको ट्वीट अनुसार हिजो राती ९२ जनालाई त्रिपोली फर्काइएको थियो जसमध्ये ४ जना महिला थिए ।

उनीहरू एक दिनअघि जुवाराबाट  त्यता प्रस्थान गरेका थिए । यो वर्ष तटीय सुरक्षाबाट यस्तै घटनामा झण्डै २८ हजार व्यक्तिलाई लिबिया फर्काइएको  जनाइएको छ । लिबियाले  २०११ देखि असुरक्षा र अराजकताको सामना गरिरहेको छ जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक आकर्षक केन्द्र बनाएको छ ।

यसै बीच संयुक्त राष्ट्र एजेन्सीले भर्खरै लिबियाका अधिकारीहरूलाई शरणार्थहरूको अवस्थालाई सम्बोधन गर्न आह्वान गरेको छ ।  (एएनआई/सिन्ह्वा)