मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

काबुलको एक अस्पतालमा आइएसले गराएको विष्फोटमा कम्तीमा १९ को मृत्यु ४३ घाइते

काठमाडौँ - काबुलमा मंगलबार भएको दुईवटा छुट्टाछुट्टै विष्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त विष्फोटमा ४३ जना घाइते भएका छन् । 

अफगानिस्तानको राजधानी काबुलमा रहेको सरदार मोहम्मद दाउद खान मिलिटरी हस्पिटल नजिक विष्फोट गराइएको थियो । आक्रमण इस्लामिक स्टेटले गराएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 

एकजना आईएसले अस्पतालको प्रवेशद्वारमा आत्मघाती तबरले विष्फोट गराएको थियो  भने अन्य  थुप्रै आक्रमणकारीहरू अस्पताल भवनमा प्रवेश गरी तालिबानहरूलाई आक्रमण गरेका थिए । घटनाको थप विवरण आउँन बाँकी छ ।