कोप-२६ सम्मेलनमा पुगेका मन्त्रीले प्रवेश नपाएपछि...
बेलायत- बेलायतको ग्लास्गोमा जारी कोप-२६ सम्मेलनमा एक सय भन्दाबढी देशका हजारौं प्रतिनिधि सहभागी छन् । प्रतिनिधिका लागि हलभित्र बिभिन्न व्यवस्था गरिएको छ । तर, इजरायलका एक प्रतिनिधिले भने आफू ऐतिहासिक सम्मेलनमा सहभागी हुन नपाएको गुनासो गरेकी छिन् ।
ह्विलचेयरको व्यवस्था नभएकोले आफू सम्मेलनमा सहभागी हुन नपाएको इजरायलकी मन्त्री करिनी इलहारले बताएकी हुन् । ‘राष्ट्रसंघले सम्मेलनमा पहुँच नदिएकोमा दुःखी छु’, मन्त्री इलहारले ट्विट गरेकी छिन् । उनी इजरायको उर्जा, पूर्वाधार तथा जलश्रोत मन्त्री हुन् ।
इजरायलका प्रधानमन्त्री नफ्ताली बेन्नेटको प्रतिनिधिमन्डका एक अधिकारीले आफूहरुले त्यसबारे औपचारिक रूपमा राष्ट्रसंघमा गुनासो गरेको जानाकारी दिए ।
मन्त्री इलहारलाई सहभागी नगराए आफूले पनि सम्मेलन बहिस्कार गर्ने प्रधानमन्त्री बेन्नेटले चेतावनी दिएको ती अधिकारीले बताएका छन् ।
इजरायलका लागि बेलायतका राजदूत निल विगानले मन्त्रीप्रति आफूले ‘गहिरो र ईमान्दारीपूर्वक क्षमा याचना गरेको ’ बताएका छन् । ‘कोप सम्मेलन सबैका लागि समावेशी र स्वागतयोग्य होस’ उनले ट्विटरमा लेखेका छन् ।
मन्त्री इलहरले इजरायलको समाचार संस्था च्यानल १२ सँग बताए अनुसार ह्विलचेयरमा हिड्नुपर्ने भएकाले सम्मेलन हलमा उनलाई जान कठिनाइ भएको थियो ।
सम्मेलन स्थलमा उनी दुई घन्टासम्म बसेको र भित्र छिर्ने कुनै व्यवस्था नभएपछि आफू बसिरहेको होटेलमा फर्किएको टाइम्स अफ टाइम्स अफ इजरायलले जनाएको छ ।
स्कटल्याडको राजधानी इडनवर्गस्थित उनी बसेको होटल सम्मेलन स्थलबाट ८० किलोमिटर टाढा पर्छ । इजरायली मन्त्री सम्मेलनमा सहभागी हुन नसकेकोमा बेलायतका विदेशमन्त्री जेम्स क्लेभर्लीले गहिरो दुःख व्यक्त गरेका छन् । एजेन्सी

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया