स्रोत नखुलेको नगद र गरगहनासहित धनगढीबाट तीन जना पक्राउ

कैलाली - धनगढीमा स्रोत नखुलेको झण्डै नौ लाख रूपैयाँ नगदसहित तीन जना पक्राउ परेका छन् । बझाङको मष्टा गाउपालिका– १ कोटदेवल बस्ने २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्कालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ८ लाख ६९ हजार नेपाली र तीन हजार दुई सय भारतीय रकम पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका–४ स्थित होटल अमन प्लाजाबाट पक्राउ गरेको बिष्टले बताए ।
चेकजाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको रकमसँगै सुनजस्तो देखिने ३४.३६० ग्राम गरगहना र ७३७.८७ ग्राम चाँदीजस्तो देखिने विभिन्न गहना र समान पनि बरामद गरिएको विष्टले बताए । नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया