लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
कञ्चनपुर – विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका- ३ बस्ने २३ वर्षीय विजय नेपाली रहेका छन् ।
कञ्चनपुरस्थित पुनर्बास नगरपालिका ११ डोके बजारबाट उनी पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोके बजारबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १० वटा र प्रोक्सीवेल स्पास ट्याब्लेट ४२ वटा फेला पारेको हो ।बरामद लागूऔषधसहित उनलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीसमक्ष बुझाइएको छ ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया