बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

आइफोन १३ प्रो म्याक्स किन्‍ने कि सामसुङ ग्यालेक्सी जेट फोल्ड थ्री ?

काठमाडौँ - विश्व बजारमा सामसुङ र आइफोनले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । नेपालमा पनि आइफोन १३ को बिक्री सुरु भएको छ । नेपाल तथा अन्य राष्ट्रमासमेत आइफोन आएपछि किन्ने मान्छेहरूको भिड लागेको देखिन्छ ।  

कतिपय प्रयोगकर्ताहरू आइफोन १३ प्रो म्याक्स र सामसुङ ग्यालेक्सी जेट फोल्ड थ्रीमा कुन लिने भन्ने दुविधामा रहेका देखिन्छन् । मूल्यको हिसावले आइफोन १३ प्रो म्याक्स १ सय २८ जीबीको १ लाख ८९ हजार ९ सयबाट सुरु भएको छ भने सामसुङ ग्यालेक्सी जेट फोल्ड थ्री को २ लाख १९ हजार ९ सय ९९ रहेको छ ।

दुवै फोनमा फाइभ जी सपोर्ट गर्छ । आइफोन १३ प्रो म्याक्समा ४३७३ एमएचको ब्याट्री र सामसुङमा चार हजार चार सय एमएचको ब्याट्री छ  । यस्तै सामसुङ ग्यालेक्सी जेट फोल्ड थ्री मा १२ जीबी र्‍याममा २५६ र ५१२ रहेको छ भने आइफोन १३ प्रो म्याक्समा ६ जीबी र्‍यामसहित १२८, २५६, ५१२ र १ टिबीसहित उपलब्ध रहेको छ ।

केही समय अघिसम्म विश्व बजारमा पहिलो स्थानमा रहेको सामसुङको यो फोनले आइफोनलाई टक्कर दिने विश्वास गरिएको छ ।

हेर्नुहोस् दुवैका विशेषताहरू

विशेषता

आइफोन १३ प्रो म्याक्स

सामसुङ ग्यालेक्सी जेट फोल्ड थ्री

मेमोरी

१२८जीबी, २५६जीबी ,५१२जीबी, १टिबी

२५६ जीबी र ५१२ जीबी

सफ्टवेयर

एन्ड्रोइड ११, वान यु आई

आइओएस १५

प्रोसेसर

एप्पल ए१५ बायोनिक हेक्सा कोर ३.२२ गिगाहर्ज

क्वालकम स्न्यापड्रयागन ८८८, अक्टाकोर २.८४ गिगाहर्ज

ब्याट्री

४३७३ एमएच वाएरलेस चार्ज सपोर्ट २० वाट फास्ट चार्जिङ ७.५ वाट

४४०० एमएच वायरलेस सपोर्ट, फास्ट चार्जिङ २५ वाट वायरलेस ११ वाट

डिस्प्ले

६.७ इन्च १२४८x२७७८ पिक्सेल फुल एचडी सुपर रेटिना एक्सडिआर ओएइडी

७ इन्च १७६८x२२०८ पिक्सेल एचडी क्वाड डाइनामिक अमोलिड २  

क्यामेरा

ट्रिपल १२+१२ फ्रन्ट १० मेगापिक्सेल

क्वाड १२+१२+१२

नेटवर्क

फाइभ जी सपोर्ट ड्युल सिम

फाइभ जी सपोर्ट ड्युल सिम

मूल्य

१२८/ १,८९,९००, २५६/२,०५,९००, ५१२/२,३९,९९०, १टिवी/२,७४,९९०

 

२५६/२,१९,९९९, ५१२/२,२९,९९९