भक्तपुरका नगर प्रमुख प्रजापतिले भने- अपराध न्यूनीकरणमा नागरिक पहल आवश्यक

भक्तपुर - भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अपराध न्यूनीकरणमा नागरिकको पहल आवश्यक रहेको बताएका छन् । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘समाजमा नयाँ खालका अपराधको संख्या बढिरहेकाले प्रहरी र नागरिक समाज मिलेर अपराध न्यूनीकरणमा लाग्नुपर्ने देखिएको छ । समाजमा घट्ने चोरी, ठगी, लुटपाट, हिंसाका घटनाबाट नागरिक स्वयम् सचेत हुनुपर्छ,’ उनले भने । समाजमा शान्ति सुरक्षा कायम गर्ने र आपराधिक घटना न्यूनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक रहेको उनको भनाइ छ ।
न्यायालयको क्षेत्रमा देखिएको विकृति विसंगतिबारे चर्चा गर्दै उनले न्याय क्षेत्रका सबै कर्मचारीले जनताको हित र पक्षमा वकालत गर्नुपर्ने औंल्याए । न्याय क्षेत्रका कर्मचारीहरूको हर्कतबाट आमजनता आश्चर्यचकित भएको उनको भनाइ छ ।

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

प्रतिक्रिया