जबर्जस्ती करणी अभियोगमा दुई जना पक्राउ
पर्सा - १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२१ बस्ने २० वर्षीय विकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् ।
कात्तिक ९ गते बिहान किशोरी ट्युसन पढ्न जाने क्रममा उनीहरूले बाटो ढुकी तानेर फोटो स्टुडियोभित्र लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई जबर्जस्ती करणी उद्योग कसूरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया