सटरकाे ताला फुटाई मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ
कञ्चनपुर – मोटरसाइकल चोरीमा संलग्न चारजनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का २० वर्षीय विवेक बम, वडा नम्बर १२ का १९ वर्षीय ठग्गी राना, वडा नम्बर १ का १९ वर्षीय पारस विष्ट र वडा नम्बर ११ का १८ वर्षीय किरन नाथ रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले यही ७ गते बेलौरीस्थित माथिल्लो बजारमा रहेको के एम इन्टरप्राइजेज (बजाज सोरुम)बाट सटरको ताला र सिसाको ढोका फोरेर तीन वटा पल्सर मोटरसाइकल चोरी गरेको खुलेको छ ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटेको टोलीले अनुसन्धान गरी तीन वटै मोटरसाइकल फेला पारेको हो । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान र कानुनवमोजिम कारबाही भइरहेको प्रहरीको भनाइ छ ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया