बबरमहलमा शहर दिवस मनाइदैं
काठमाडौँ- ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको छ । शुक्रवार काठमाडौंमा विश्व शहर दिवस २०७८ को उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलन गर्दै शहरी विकास तथा भवन निर्माण विभागले यस वर्ष नेपालमा ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा शहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रकाश शर्माले यस दिवसको मुख्य उद्देश्य विकासको प्रमुख मुद्दा शहरीकरणलाई मानेर अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्नु र दिगो शहरी विकास हासिल गर्नका लागि अवसरको खोजी र शहरी समाधानको चुनौती समाधान गर्ने रहेको बताए । उनले कार्तिक १४ गते आईतबार बबरमहलमा कार्यशाला गोष्ठी आयोजना गरिने बताए ।
सह सचिव शर्माले भने, ‘यस वर्ष विश्व शहर दिवस राम्रो शहर, राम्रो जीवन रहेको छ र नेपालमा सुन्दर र सुखी जीवनको आधार, जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन तय गरिएको छ, हामी २०७८ कार्तिक १४ गते आईतबार शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहलमा भौतिक उपस्थितिमै कार्यशाला गोष्ठी गर्नेछौँ ।’
विश्व शहर दिवस सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको साधारण सभाद्वारा संकल्प स्थापित गरे बमोजिम पहिलो विश्व शहर दिवस अक्टोबर २०१४ मा मनाइएको थियो । नेपालमा भने २०१९ देखि यो दिवस मनाउन थालिएको हो ।

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

प्रतिक्रिया