कुखरा खान खोरमा पसेको चितुवा स्थानीयबासीले समाते

बागलुङ - बागलुङको बडिगाड गाउँपालिका–९ मालारानीमा कुखरा खान खोरमा पसेको चितुवालाई स्थानीयबासीले समातेका छन् । स्थानीयबासीले चितुवालाई छोपेर सकुशल छाडिदिएका छन् । आज बिहान ४ बजेतिर स्थानीय दिलबहादुर थापाको घरमा रहेको कुखुराको खोरमा छिरेको चितुवालाई दिउँसो नियन्त्रणमा लिइएको हो ।
लखेट्न खोजे पनि अटेर गरेर खोरमै बसेको चितुवापछि आफैं निस्केर मानिसहरू झुम्मिएको ठाउँतिर आएपछि गाउँले मिलेर समातेका थिए । खोरबाट भगाउन जम्मा भएकामाथि झम्टन आएको चितुवालाई हातैले समातेर नियन्त्रणमा लिइएको स्थानीय युवा राजन पाइजाले बताए । ‘चितुवा एक्कासी हामी भएतिर आयो । म, दीपक केसीलगायतका साथीहरू भएर समात्यौं,’ पाइजाले भने ।
चितुवासँग भिड्दा नंग्राले खुट्टामा सामान्य घाउ लागेको र कपडा च्यातिएको पाइजाले बताए । उनले जीवनमा पहिलोपटक चितुवासँग आमनेसामने भएको उल्लेख गरे । अन्दाजी दुई वर्षको चितुवालाई जनप्रतिनिधि, प्रहरीलगायतको रोहबरमा घटनास्थलदेखि तीन किमि टाढा रानीवनमा लगेर छाडिएको सब डिभिजन वन कार्यालय बडिगाडका फरेस्टर दीपक श्रीस थापाले बताए ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया