अमेरिकाका ६ लाख घरमा विद्युत सेवा अवरुद्ध

न्युयोर्क - अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ ।
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार सवैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ हजारभन्दा बढी घरमा अन्धकार छाएको छ ।
राष्ट्रिय मौसम सेवाले मौसम अझै खतरापूर्ण रहेको चेतावनी दिएको छ । मौसम विभागका अधिकारीहरुले थप सतर्कता अपनाउन सरोकारवाला सवैलाई अनुरोध गरेको छ ।
उनीहरुले घर बाहिर ननिस्कन, यात्रा नगर्न, सुरक्षित अवस्थामा रहन र सुरक्षाका सवै उपाय अपनाउन पनि सवैलाई अपिल गरेका छन् । (एएफपी)

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया