अफगानिस्तानमा अझै ४३९ अमेरिकी सैनिक रहेको पेन्टागनको भनाइ

वासिङ्टन- अफगानिस्तानमा अझै पनि ४३९ जना अमेरिकी सैनिक रहेको तथ्य सार्वजनिक भएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अरु सबै अमेरिकी सैनिकहरूलाई फिर्ता गरिएपनि ४३९ जना अफगानिस्तानमै रहेको जनाएको हो ।
अमेरिकाको नेतृत्वमा गएको सैनिक गठवन्धनका अधिकांश सैनिकहरू तालिवान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि अफगानिस्तान छाडेर फिर्ता भएका थिए ।
सिनेटमा भएको एउटा सुनुवाईका क्रममा रक्षा मन्त्रालयका अधिकारीले अफगानिस्तानमा ४३९ जना अमेरिकी सैनिक अझै पनि अफगानिस्तानमै रहेको जानकारी दिएका हुन् ।
उनले अफगनिस्तानमा रहेका सवै अमेरिकी सैनिकहरु आफुहरूको निरन्तर सम्पर्कमा रहेको पनि स्पष्ट पारेका छन् ।
मन्त्रालयका उपसचिव कोलिन काह्लले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकमध्ये १७६ जना अफगानिस्तान छाड्न तयार रहेको जानकारी दिए ।
तर २४३ जना भने अफगानिस्तान छाड्ने की नछाड्ने भन्ने बारेमा अन्यौलमा रहेको पनि उपसचिव काह्लले बताए ।
अफगानिस्तानमा रहेको सैनिक टोलीले घोषित रुपमा गत अगस्ट ३१ मा अफगानिस्तान छाड्न सुरु गरेको थियो ।
तालिवान लडाकूहरूले सत्ता कब्जा गरेपछि गठवन्धन सैनिकले अफगानिस्तान छोड्ने निर्णय गरेको थियो । गठवन्धन सेनाले झण्डै २० बर्ष सेवा गर्दा पनि सफलता प्राप्त गर्न भने सकेन । अफगानिस्तानको युद्ध अमेरिकाले अन्य देशमा गरेका युद्धमध्ये सवैभन्दा लामो युद्ध हो । (एएनआई)

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया