कोप-२६ सम्मेलन : चीन र रसियाका राष्ट्रपति सहभागी नहुने
बेइजिङ- आगामी आइतबार बेलायतको ग्लासगो सहरमा आयोजना हुने जलवायुसम्बन्धी कोप २६ सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी नहुने समाचार सार्वजनिक भएको छ । सम्मेलनमा राष्ट्रपति सीको सहभागीताबारे चीनले आधिकारिक रुपमा अहिलेसम्म जानाकारी दिएको छैन । सम्मेलनमा चीनले वातावरण उपमन्त्री झाओ यिङमिन र जलवायु दूत सिइ झेनहुवलाई पठाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसअघि क्रेमलिनले रसियाली राष्ट्रपति भ्लादिमर पुटिन राष्ट्रसंघको जलवायु सम्मेलनमा सहभागी नहुने जनाएको थियो ।
तर, चिनियाँ राष्ट्रपति भर्चुअल माध्यमबाट सम्मेलनमा सहभागी हुन सक्ने जनाइएको छ । गत महिना पनि राष्ट्रपति सीले राष्ट्रसंघको महासभालाई भर्चुल माध्यमबाट सम्बोधन गरेका थिए । उनले अप्रिलमा वातवरणसम्बन्धी एउटा सम्मेलनलाई पनि सम्बोधन गरेका थिए ।
यसअघि सम्मेलनमा नजाने संकेत गरेका अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन भने सहभागी हुने भएका छन् । एजेन्सी

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया