निर्माणधीन घरको जगमा पुरिएर महिलाको मृत्यु

पोखरा – पोखरामा निर्माणाधीन घरको जगको खाल्डोमा पुरिएर मंगलबार एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११ काँहुडाँडास्थित एक निजी घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा भित्ता भत्किँदा पुरिएकी ती महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिन्धुली ठूला गाउँ घर भई हाल पोखरा–११ फूलबारी डेरा गरी बस्ने ४१ वर्षीया आइतीमाया थोकर रहेको प्रहरीले जनाएको छ । पुरिएर गम्भीर घाइते भएकी थोकरको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन पोखरेलले बताए ।

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

प्रतिक्रिया