नागरिकता दिन जातका आधारमा आनाकानी गरिए गृह मन्त्रालयमा खबर गर्नु : गृहमन्त्री खाण

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले जातीय विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनले जारी गरेको १५ बुँदे काठमाडौं घोषणा पत्र बुझ्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।
सो कार्यक्रममा गृहमन्त्री खाणले जातीय विभेद गर्न पाइँदैन भन्ने संविधानमा रहेको व्यवस्था व्यवहारमा पालना गर्न सरकार प्रतिबद्ध रहेकोसमेत बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले गृहमन्त्री खाणलाई घोषणा पत्र बुझाएका थिए ।
‘जातीय विभेद गर्न पाइँदैन भन्ने संविधानको व्यवस्था हो । त्यो व्यवस्था पालना गर्न सरकार प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भने, ‘दलित सम्मेलनले उठाएका महत्त्वपूर्ण विषय सरकारले सम्बोधन गर्दै जाने छ ।’ जातका आधारमा नागरिकता दिन कहीँ कतै आनाकानी गरिएमा त्यसबारे मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई जानकारी गराउन पनि मन्त्री खाणले आग्रह गरे ।

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

प्रतिक्रिया