बाढीपहिरोले अवरुद्ध सडक एक हप्तापछि सञ्चालन

कैलाली - अविरल वर्षापछि आएको बाढीपहिरोका कारण एक सातादेखि अवरुद्ध डडेल्धुरा–डोटी जोड्ने केआई मार्ग संचालनमा आएको छ । केआई मार्गको रडुवामा अवरुद्ध सडक मर्मत पछि संचालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताए।
स्थानीय बासिन्दाले सडक मर्मत संभार गर्दा वस्ती जोखिममा पर्ने भन्दै अवरोध गरेका कारण मर्मतमा केही ढिलाइ भएको बताउँदै प्रमुख जिल्ला अधिकारी जोशीले स्थानीयसँगको समन्वयपछि सडक मर्मत थालिएको बताए ।
केआईसिंह मार्गको गन्यापधुरा गाउँपालिका २ रडुवाखोला–गजरौला सडक खण्डमा अहिले अस्थायी रुपमा भएपनी सडक संचालनमा ल्याएको सडक डिभिजन कुलपाते दीपायलका निमित्त प्रमुख इन्जिनियर योगेन्द्र अधिकारीले बताए । उनले हाललाई साना गाडी र डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छोडिएको बताए ।
रुडुवा खोला–गजरौला खण्डमा सय मिटर भन्दा बढी सडक खण्ड पहिरोले बगाएको छ । बाढी र पहिरोले सडक नै बगाएपछि एक सातादेखि डडेल्धुरा–डोटी जोड्ने केआईसिंह मार्ग अवरुद्ध हुदा सर्वसाधारण तथा यात्रुरुहरू पैदलै कष्टकर यात्रा गर्न बाध्य थिए ।

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया