शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

मीनभवनमा सडकको बीचमै भ्वाङ पर्‍यो

काठमाडौँ - काठमाडौँको मीनभवनमा सडकमा नै भ्वाङ परेको छ । सानो भ्वाङ परेको सडक मर्मत गर्न लाग्दा ठूलो भ्वाङ परेको हो ।

सोमबार दिउँसो सडकमा ठूलो भ्वाङ परेपछि केही समय यातायातसमेत अवरुद्ध भएको थियो । अहिले उक्त भ्वाङ मर्मत गर्ने भन्दै सर्भिस लेनबाट सवारी आवागमन सुचारु गरिएको छ ।