सिनामंगलबाट शंकास्पद रूपमा बसिरहेका ११ जना पक्राउ, अफगानी नागरिक हुनसक्ने आशंका
काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अफगानी नागरिक हुनसक्ने आशंकामा ११ जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता श्यामकुमार महतोकाअनुसार आज बिहान सिनामंगलको एक होटेलबाट उनीहरूलाई पक्राउ गरिएको हो । अफगानी मूलका नागरिक गैरकानुनी रूपमा काठमाडौँमा बसिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको उनले बताए ।
उनीहरू अफगानी नागरिक नै हुन् वा होइनन् भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । 'अफगानी मूलका नागरिक हुनसक्ने आशंकामा हामीले ११ जनालाई सोधपुछका लागि नियन्त्रणम लिएका छौँ । उनीहरू अफगानी नै हुन् वा होइनन् भन्नेबारे सोधपुछ भइरहेको छ,' उनले भने । तालिबानले सत्ता कब्जा गरेपछि अफगानी नागरिकहरू स्थलमार्ग हुँदै नेपाल छिर्ने गरेको बताइन्छ ।

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया