राजधानीमा बम विष्फोटपछि युगान्डाका राष्ट्रपतिद्वारा सम्यमित रहन आग्रह

कम्पाला- युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले राजधानी कम्पालामा शनिबार राति भएको बम हमलाका दोषीहरूलाई पक्राउ गरिने बताएका छन् । राष्ट्रपति योवेरी मुसेभेनीले ट्वीट गर्दै उल्लेख गरेका छन् 'यो एक आतङ्कवादी कार्य हो जस्तो देखिन्छ तर वास्तवमा यसमा अनेक अपराधीहरू संलग्न भएको पाउँछौं । जनता डराउनु पर्दैन, हामी यो अपराधलाई पनि अन्य सबै खाले अपराधलाई जस्तै परास्त गर्नेछौं।'
राष्ट्रपतिले प्रहरीले घटनाको अध्ययन गरिरहेको र सम्भावित सुरक्षा रणनीति तयार गरेको र यस बारेमा पछि थप सूचना प्रदान गर्ने जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार तीन जना व्यक्ति पोलिथिन झोलाबाट तल झरेका थिए जुन पछि विष्फोट भयो जसबाट एक व्यक्तिको मृत्यु भयो भने अन्य पाँच जना घाइते भएका थिए ।
यहाँस्थित बेलायती र फ्रान्सेली दूतावासहरूले आफ्ना नागरिकहरूलाई सम्भावित आतङ्कवादी हमलाको चेतावनी दिँदै सुरक्षा सतर्कता अपनाउँन आग्रह गरेको केही दिनपछि उक्त घटना घटेको हो । (सिन्ह्वा)

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया