मोदीले जी–२० शिखर सम्मेलनमा भाग लिने

नयाँ दिल्ली - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी–२० शिखर सम्मेलन र विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन अक्टोबर २९ देखि नोभेम्बर २ सम्म रोम, इटली, ग्लासगो र बेलायत जाने भएका छन् । विदेश मन्त्रालयले दिएको जानकारीअनुसार इटलीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा प्रधानमन्त्री मोदी यही अक्टोबर ३०–३१ सम्म रोममा जानेछन् ।
शिखर सम्मेलनमा जी–२० सदस्य देशहरू, युरोपेली सङ्घ, र अन्य आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरू पनि सहभागी हुनेछन् ।
जी–२० अन्तरराष्ट्रिय आर्थिक सहयोगका लागि प्रमुख ग्लोबल फोरमको रूपमा उभिएको छ । भारतले २०२३ मा पहिलो पटक जी–२० शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।
इटालियन प्रेसिडेंसीअन्तर्गत आगामी शिखर सम्मेलन ’जनता, पृथ्वी, समृद्धि’ विषयको वरिपरि केन्द्रित रहनेछ । महामारीबाट उन्मुक्ति र विश्वव्यापी स्वास्थ्य व्यवस्थाको सुदृढीकरण, आर्थिक पुनरोत्थान र जलवायु परिवर्तन र ऊर्जा सङ्क्रमण, र दिगो विकास, खाद्य सुरक्षालगायत विषयमा यो सम्मेलनले गम्भीर छलफल गर्ने बताइएको छ । रासस

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया