हत्या गरी आँगनमा खाल्डो खनी गाड्ने दुई आरोपी सार्वजनिक
काठमाडौँ - सिन्धुपाल्चोकको मेलम्चीमा हत्या गरेर आफ्नै घरको आँगनमा खाल्डो खनेर खाड्ने दुई आरोपीलाई सार्वजनिक गरिएको छ । मेलम्ची नगरपालिका-१० का नेत्रप्रसाद दाहालको हत्यामा संलग्न दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आज (आइतबार) हत्यामा संलग्न लिसंखुपाखर-२ का ३५ वर्षीय छिरिङ तामाङ र काभ्रे खानेखोला गाउँपालिका-७ का ३३ वर्षीय कृष्ण मगरलाई सार्वजनिक गरेको हो । उनीहरूलाई असाेज २८ गते प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।
उनीहरूले दाहालको हत्या गरी मोबाइल आफ्नै साथमा लगेका थिए । उक्त मोबाइल लोकेसनको आधारमा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।
घर निर्माणको ठेक्का लिने क्रममा मृतक दाहालको घरमा उनीहरू गएका थिए । ४० हजार ठेक्कामा घर निर्माण गर्ने सहमत्ति भएपनि अझै धेरै पैसा छ भन्ने आशामा उनीहरूले गत असोज १९ गते दाहालको हत्या गरेकाे स्विकारेका छन् । हत्या गरेपछि दाहालको शव घरको आँगनमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया