एक महिने नि:शुल्क अनअराईभल भिसा कार्यान्वयनमा आएन, दुई महिनामा भित्रिए २५ हजार पर्यटक
हिमाल आरोहणको अनुमति लिनेकाे संख्या बढ्यो

काठमाडौँ- मुलुकमा कोभिड-१९ खोप लगाउने क्रमले तीव्रता पाएसँगै संक्रमणदर र मृत्युदर पनि कमी हुँदै गएको छ । बिस्तारै आर्थिक-सामाजिक गतिविधिहरू पुरानो लयमा फर्कने प्रयासमा छ । मानिसको आवागमन र चहलपहल बढ् थालेको छ ।
स्वदेशमा रहेकाहरू विदेश जाने र विदेशी नागरिकहरू पनि नेपाल आउने क्रम फेरि बढ्न थालेको छ । कोभिडविरुद्धको खोप लगाएका नागरिकले क्वारेन्टाइन बस्ननपर्ने व्यवस्था भए पछि हिमाली पदमार्ग जानेहरूको संख्या बढन थालेका छन् । विदेशी नागरिकहरू पनि क्रमश: नेपाल प्रवेश गर्न थालेका छन् ।
सरकारले पर्यटन प्रवर्द्धन गर्न र कोभिडले खस्केको पर्यटन क्षेत्रलाई उकास्न विभिन्न रणनीति अपनाउन थालेको छ । नेपाल घुम्न आउने पर्यटकलाई अनअराईभल भिसा निशुल्क दिने घोषणा गर्यो । तर, सरकारले कार्यविधि बनाउन नसक्दा निशुल्क भिसा कार्यान्वयनमा आउन सकेको छैन ।
पर्यटन मन्त्रालयले नि:शुल्क भिसासम्बन्धी कार्यविधि निर्माण गर्न ढिलाइ गर्दा याे व्यवस्था कार्यान्वयनमा नआएको पाइएको हो । अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार पर्यटन मन्त्रालयले पर्यटकलाई नि:शुल्क भिसा उपल्बध गराउने कार्यविधि उपलब्ध गराएको छैन । पर्यटन मन्त्रालयले कार्यविधि बनाएर दिएमा नि:शुल्क भिसा उपलब्ध गराइने उनले प्रतिबद्धता जनाए ।
नि:शुल्क कार्यविधिको अध्ययन भएन
नि:शुल्क भिसा उपलब्ध गराउने कार्यविधिको विषयमा केही जानकारी नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता डा.टोकराज पाण्डेले बताए । मन्त्रालयमा आधिकारीक प्रवक्ताको जिम्मेवारी भर्खरै पाएको छु, यस विषयको फाइल अध्ययन गरेर मात्र केही भन्न सकिन्छ,' उनले भने ।
त्यसैगरी भदौदेखि असोज अन्तिमसम्ममा विभिन्न मुलुकबाट नेपालीसहित १ लाख ६० हजार ४७३ जनाले नेपाल प्रवेश गरेका छन् । पुरुष १ लाख ३१ हजार ९३७ र महिला २८ हजार ४३१ जना छन् । जसमध्ये १ लाख ३४ हजार ७४८ जना नेपाली नागरिक भित्रिएका छन् ।
त्रिभुवन विमानस्थलको अध्यागमनले उपलब्ध गराएको तथ्यांक अनुसार हवाई मार्गबाट भारत, अमेरिका र बेलायतबाट सबैभन्दा बढी नागरिक नेपाल आएका छन् । गत दुई महिनामा मात्र २५ हजार ७२५ विदेशी नागरिक भित्रिएका हुन् ।
बेलायतले नेपाललाई 'रेड लिस्ट' बाट हटाएपछि बेलायती नागरिकहरू नेपाल आउनेको संख्या बढन थालेका छन् । गत दुई महिनामा मात्र बेलायतबाट ७४८ जना नेपाल प्रवेश गरेका छन् ।
अमेरिकाबाट ३२७३, भारतबाट ७५०५, क्यानडा ३९३, बेल्जियमबाट १८८ अन्य मुलुकबाट भने थोरै संख्यामा विदेशी भित्रिएका छन् । पछिल्लो समय विदेशी नागरिक भित्रिने क्रम पनि बढेको विभागले जनाएको छ ।
पर्यटन प्रवर्द्धन गर्न पर्यटन क्षेत्रमा काम गर्नेलाई घुमाउने
नेपाल पर्यटन बोर्डको अनुसार दैनिक डेढ सयको हाराहारीमा विदेशी पर्यटक आउन थालेका छन् । सगरमाथा र अन्नपूर्ण क्षेत्र आरोहणका लागि अनुमति लिन थालेका हुन् ।
दैनिक चार-पाँच जना आउने केही सातादेखि सय भन्दा बढी विदेशी नागरिक अनुमति बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन् । 'पर्यटन बोर्डको पकेटमा विशेषगरी यो पकेट क्षेत्र रहेकाले अनुमति लिनेको संख्या बढेको हो,' उनले भने ।
यो मौसम पर्यटकको लागि मौसम विशेष सिजन हो । कोभिड महामारीले केही प्रभाव परे पनि पछिल्लो खोपको उपलब्धताले केही संख्या बढिरहेको बोर्डको दाबी छ । कोभिडविरुद्धको खोप मात्रा पूरा गरेकाले विदेशी नागरिकले क्वारेन्टाइन बस्ननपर्ने व्यवस्था छ । खोप लगाएको १४ दिन भने अनिवार्य पूरा गर्नुपर्ने छ ।
बोर्डले भारत र चीनका पर्यटकलाई लक्षित गरी लुम्बिनी क्षेत्र भ्रमण गराउने योजना बनाएको लामिछानेले बताए । भारतका पर्यटन क्षेत्रमा काम गर्ने ३० बढी कम्पनीका सिईओलाई लुम्बिनी भ्रमण गराउन लागेको उनले जानकारी दिए । बेलायतमा पर्यटन प्रवद्धन गर्न थालेको छ ।
नेपाल पर्यटन बोर्ड, होटल तथा ट्राभल कम्पनीले नेपालको पर्यटन क्षेत्रको मार्केटिङ गर्नलाई बेलायत लगायत विभिन्न मुलुकको भ्रमण गर्न लागेको लामिछानेको भनाइ छ । सामाजिक सञ्जाल तथा विभिन्न मुलुकमा ट्राभल एडभाइजरी राख्ने तयारीसमेत गरेको छ ।
पर्यटक भित्रिनु सकरात्मक, हौसिने बेला छैन
कोभिडले थलिएको पर्यटन क्षेत्रमा केही संख्यामा पर्यटक भित्रिनु सकरात्मक कुरा रहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए । सिजनमा केही विदेशीहरू हिमाल आरोहण गर्न आएकाले पनि सकरात्मक रुपमा यसलाई लिन सकिने उनले धारणा व्यक्त गरे ।
कोभिड महामारी कहिलेसम्म रहन्छ त्यसमा निर्भर रहने उनको भनाइ छ । नेपाल कोभिड शून्य भएको सन्देश विश्वमाझ पुर्याउन सकेमा पर्यटक आउन सक्ने उनले बताए । मृत्युदर र संक्रमणदर नियन्त्रणोन्मुख भएमा मात्र सकरात्मक सन्देश जाने सक्ने उनले प्रस्ट पारे । नेपाललाई विभिन्न मुलुकले कोभिड जोखिमको 'रेड लिस्ट' राखेकाले त्यस्ता मुलुकलाई लिस्टबाट हटाउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया