ताइवानमा ६ दशमलव ५ म्याग्निच्यूडको भूकम्प

ताईपेय - ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिणपूर्वी ताईवानमा ६ दशमलब ५ म्याग्निच्यूडको भूकम्प गएको ताइवानको केन्द्रीय मौसम व्यूरोले जनाएको हो । तर, अमेरिकी भौगोलिक सर्वेक्षण निकायले भने भूकम्पको म्याग्निच्युड ६ दशमलब २ मात्र रहेको जनाएको छ ।
उत्तरपूर्वी यिलान जिल्लामा केन्द्रबिन्दु रहेकोे भूकम्पको गहिराई ६७ किलोमिटर रहेको छ । भूकम्प १० सेकेन्डसम्म रहेको थियो । ताइवानमा बारम्बार भूकम्प जान्छ । तर, आइतबारको भूकम्प केही वर्षयताकै शक्तिशाली भएको जनाइएको छ ।

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया