लागूऔषधका 'मोस्ट वान्डेट' अपराधी पक्राउ

काठमाडौँ - विश्वमै सर्वाधिक खोजीको सूचीमा रहेका कोलोम्बियाका लागू औषध तस्कर ‘आटोनियल’ पक्राउ परेका छन् । पानामाको सीमा नजिक कोलोम्बियाको उत्तर पश्चिम एन्टीकुया प्रान्तबाट उनलाई पक्राउ गरिएको हो ।
वर्षौदेखि लागु पदार्थको तस्करी गर्दै आएका ओटोनियललाई कोलोम्बियाको सेना र प्रहरीको सयुक्त टोलीले शनिबार पक्राउ गरेको हो । पुरा नाम दायरो एन्टोनियो उसुगा रहेका उनी कोलम्बियाका सबैभन्दा शक्तिशाली तस्करी समूहका नाइके मानिन्छन् ।
कोलोम्बियाले 'मोस्ट वान्डेट'को सूचीमा रहेका ओटोनियलको बारेमा जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको थियो । यसैगरी अमेरिकाले उनको टाउकोको मुल्य ५ मिलिएन अमेरिकी डलर तोकेको थियो । उनी पक्राउ परेलगतै कोलोम्बियका राष्ट्रपति इभान ड्युकले भिडियो सन्देश जारी गर्दै देशलाई ठूलो उपलब्धी हासिल भएको जानकारी दिए ।

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया