विराटनगरका बाढीपीडितले ५० हजार रूपैयाँ राहत पाउने

विराटनगर – विराटनगरका बाढीपीडितले राहतस्वरूप प्रतिपरिवार ५० हजार रूपैयाँ पाउने भएका छन् । शुक्रबार विराटनगर महानगरपालिकाकाे विपद् व्यवस्थापन समितिको बैठकले बाढीपीडितलाई राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेकाे हाे । महानगरपालिकाका प्रमुख भीम पराजुलीले बाढीबाट ज्यान गुमाएका परिवारलाई तत्काल राहत स्वरूप ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको बताए ।
उनले बाढी र डुबानबाट विस्थापित परिवारलाई खाना खुवाउनुका साथै यसबाट भएको क्षतिको विवरण महानगरले संकलन गरिरहेको जानकारी दिए । बाढीका कारण प्रभावित भएका कृषक र व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश र संघीय सरकारसमक्ष माग गरिने प्रमुख पराजुलीले बताए ।
आइतबारदेखि परेको वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेका थिए । प्रारम्भिक तथ्यांकअनुसार हालसम्म दुई हजार ६ सय ९० घर परिवार बाढी र डुबानबाट प्रभावित भएका छन् । विराटनगर–१ मा सबैभन्दा बढी ६ सय घर परिवार डुबानमा परेका छन् ।

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया