बेमौसमी वर्षाले बागमती प्रदेशको २ हजार हेक्टरमा लगाएको धानबाली क्षति

हेटौंडा - बागमती प्रदेशको ७ जिल्लामा बेमौसमी वर्षाको कारण २ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रायले असोज मसान्तमा आएको असामान्य वर्षाले धानबालीमा धेरै क्षति पुर्याएसँगै क्षतिको विवरण संकलन गर्न सुरु गरेको थियो ।
बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट र धादिङ जिल्लामा बेमौसमी वर्षाको कारण २ हजार २४ हेक्टरमा लगाएको धान बालीमा क्षतिको भएको प्रारम्भिक विवरण आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।
सबैभन्दा धेरै चितवन, मकवानपुर र नुवाकोटको धानबाली क्षति भएको छ । चितवनमा १६३५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा वर्षाले क्षति पुर्याएको छ । यस्तै मकवानपुरमा १०० हेक्टरमा, सिन्धुलीमा ९० हेक्टर, रामेछापमा ३० हेक्टर, नुवाकोटमा ३६ हेक्टरमा लगाइएको धानबाली र धादिङमा ९८ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र रसुवामा भने धानबाली क्षति भएको विवरण सार्वजनिक भएको छैन । यद्यपि प्रदेशको १३ जिल्लामा वर्षाले धानबाली क्षति गरेको तथ्यांक संकलन भइरहेको मन्त्रालयको सुचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।
बागमती प्रदेशमा पनि प्रारम्भिक तथ्यांक आइसकेको छ । केही दिनमै पूर्ण विवरण आइपुग्ने मन्त्रालयका सुचना अधिकारी अधिकारीले बताए । बागमती प्रदेशले स्थानीय तहको कृषि प्राविधिक, मन्त्रालय मातहतका कृषि निर्देशनालय लगायतबाट प्राविधिक परिचालन गरेको छ । स्थानीय तहबाट तथ्यांकहरु आइरहेकोे छ । प्रदेशको १३ जिल्लाबाट क्षतिको विवरण संकलन भइसके पश्चात प्रदेशले राहतको घोषणा गर्ने भएको हो ।
बागमती प्रदेशको ७ जिल्लामा मात्र ३ करोड ८२ लाख २० हजार रकमको क्षतिको अनुमान गरिएको छ । क्षतिको पूर्ण विवरण आएपछि कृषकको लागत रकम हिसाब गर्ने र सोही अनुसार लागतको २० प्रतिशतसम्म राहत दिने तयारी मन्त्रालयले गरेको छ ।

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_mSNeJLyoLx_nngu0pn5jrj8t52rdpnsjxyqbhxmfhritdiqfugdxgtkm0ruvei1dkaftmfw.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9yKWOZRkKB_qdyeicsrztpwy1fkcqfzwzmurj6s74phfnidtxc0t9evzhkgu9hwknnyah7n.jpg)
प्रतिक्रिया