आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या १०७ पुग्यो

३२ जना घाइते, ३५ जना बेपत्ता

फाइल फोटो

काठमाडौँ - अविरल वर्षाका कारण देशभर बाढी, पहिरो तथा डुबानले मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।  सातै प्रदेशका विभिन्न ठाउँमा आएको विपद्का कारण मृत्यु हुनेको संख्या १०७ पुगेको हो । सबैभन्दा धेरै प्रदेश १ मा बाढी, पहिरो तथा डुबानमा परेर ६४ जनाको मृत्यु भएको छ । यस्तै सुदूरपश्चिममा ३२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको नयाँ विवरणअनुसार बागमती प्रदेशमा १, लुम्बिनी प्रदेशमा २ र कर्णाली प्रदेशमा ८ जनाको मृत्यु भएको छ । यस्तै विपद्मा परेर ३५ जना बेपत्ता छन् भने ३२ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।