सुदूरपश्चिमका बाढी पहिरो पीडितलाई राहत दिन अनेरास्ववियूको माग

कञ्चनपुर - नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले सुदूरपश्चिमका बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियूले यस्तो माग गरेको हो ।
संगठनको सुदूरपश्चिम इन्चार्ज मोती विक र संयोजक नेत्र मैनालीसहितको टोलीले बाढी पहिरो पीडितलाई राहत, बेपत्ताको खोजी र घरबारविहीनहरूलाई यथोचित बसोबासको व्यवस्था मिलाउन माग गरेको हो ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले सरकारले राहत तथा उद्दारको काम गरिरहेको बताएको संयोजक मैनालीले जानकारी दिए । आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिराले सुदूरपश्चिम प्रदेशमा मानव बस्ती तथा अन्नबालीमा क्षति पुगेको छ ।

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री पौडेलले जवाफ दिने

आजदेखि ‘सगरमाथा संवाद’ : १७५ विदेशी पाहुना काठमाडौँमा

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान आजबाट

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

प्रतिक्रिया