अधिकांश ठाउँमा राहत र सहयोगको आश्वासन दिँदै प्रधानमन्त्री देउवा

कैलाली - प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीको धनगढी उपमहानगरपलिका –१३को बाढीप्रभाबित क्षेत्र श्रीलंका पुगेर स्थलगत अनुगमन गरेका छन् । धनगढीमा बिहान पत्रकार सम्मेलन लगत्तै प्रधानमन्त्री देउवा उपमानगरपलिकाको १३ नम्बर वडा पुगेका थिए । प्रधानमन्त्री देउवालाई मोहना नदीले बर्षेनी बाढीका कारण क्षति हुने गरेकोले सो स्थानको अनुगमन गर्न अनुरोध गरेको धनगढी उपमहानगरपलिकाकी उपमेयर शुशीला मिश्र भट्टले जानकारी दिइन् ।
श्रीलंकाका स्थानीयबासीले मोहना नदीले बर्षेनी खेतीपाती पुरै बगाउने गरेको प्रधानमन्त्रीलाई गुनासो गरेका थिए । कैलाली कञ्चनपुर भएर वहने मोहना नदीले हरेक वर्ष श्रीलंका क्षेत्रमा क्षति पुर्याउँदै आएको छ । सो क्षेत्रका जनताले तत्काल तटबन्ध गरेर बाढी कटान र डुबान नियन्त्रण गर्न अनुरोध गरे ।
श्रीलंकाको भ्रमणपछि कन्चनपुरको महाकाली नदिले पुर्याएको क्षतिबारे बुझ्न प्रधानमन्त्री देउवा कन्चनपुर पुगेका थिए । निरीक्षणको क्रममा भीमदत्तनगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण देउवा र १३ का अध्यक्ष लाल बहादुर शाहीले प्रम देउवालाई तटिय क्षेत्रमा नदिले पुर्याएको क्षति र ६ लेन सडक कटानीबारे जानकारी गराएका थिए ।
कन्चनपुरबाट पुन: कैलालीको कैलारी गाउँपालिकाका पुगेका देउवाले बाढी पीडित किसानहरूको गाउँमै गएर समस्या बुझेका थिए । प्रधानमन्त्री देउवाले किसानहरूको समस्या बुझ्न कैलारी गाउपालिका वडा नम्बर ७ रामपुर गाउँ पुगेका थिए । बाढी पहिरो पीडितहरूका समस्या बुझ्न सुदूरपश्चिम आएका प्रधानमन्त्री देउवाले कैलारीका किसानहरूका पनि समस्या बुझेका हुन् ।
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले कैलारीका बाढी पीडित किसानहरूका समस्या तथा पीडा प्रधानमन्त्री समक्ष दर्शाएका थिए । अध्यक्ष चौधरीले यहाँका किसानहरू कटैनी र मोहना नदिबाट धेरै नै प्रभावित भएकाले उक्त नदिकाबाट हुने क्षति नियन्त्रणका लागि सरकारको ध्यानाकार्षण गराएका थिए ।
लगत्तै प्रधानमन्त्री देउवाको टोली कैलालीकै भजनी नगरपालिका ७ पुगेका थिए । त्यहाँ उनले अरुको कुरा नसुनी आफैँ मात्रै बोलेर टिकापुरतर्फ लागे ।
टिकापुर पुगेर प्रधानमन्त्री देउवाले बाढीपीडितका समस्याको दीर्घकालीन समस्या समाधान गर्न र क्षतिबारे विवरण पेश गर्न नगरपालिकालाई निर्देशन दिएका थिए ।
टिकापुरपछि नजिकै रहेको जानकी गाउँपालिकाको खैरीफाट पुगेका देउवा त्यहाँबाट बर्दियाको राजापुर हुँदै नेपालगन्ज गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । प्रधानमन्त्री देउवा आजै काठमाडौ फर्कने कार्यक्रम छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया