अवरुद्ध भीमदत्त राजमार्ग तीन दिनपछि खुल्यो
कञ्चनपुर - डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु भिरमा आएको पहिरो पन्छाइए पनि डोटीको गोल्डेन र डडेल्धुराको साहुखर्कमा अवरोध भएका कारण राजमार्ग खुलेको थिएन ।
बुधबार वर्षा बन्द भएपछि निरन्तर डोजर लगाएर पहिरो पन्छाएपछि अहिले राजमार्ग पूर्णरूपमा खुलेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । अत्तरियादेखि डडेल्धुरासम्म अब कुनै अवरोध छैन ।
पहिरो गएको ठाउँठाउँमा नयाँ ट्र्याक खोलेर राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बाटो खुलेपछि तीन दिनदेखि अलपत्र परेका सयौँ सवारीसाधन गन्तव्यतर्फ गएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया