शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

फाइल फोटो

चितवन - रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा दुई शव फेला परेका छन् । भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन् ।  भुजातमा अन्दाजी ४०÷४५ वर्ष उमेरका र होस्दीमा ५०/५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

उनीहरुको हालसम्म नाम, थर, बतन खुल्न सकेको छैन । नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला परेका हुन् । शव परीक्षणका लागि रामपुर अस्पतालमा राखिएको छ । रासस