फिफा सम्मानको हकदार क्लप होइन, फ्लिक हो : मौउरिन्हो

काठमाडौं : टोटनहम प्रशिक्षक जोसे मौउरिन्हाले ‘फिफा उत्कृष्ट पुरुष प्रशिक्षक २०२०’ बाट यार्गेन क्लप नभई बार्यन म्युनिखका हान्सी फ्लिक सम्मानित हुनुपर्ने धारणा राखेका छन् । फिफाले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट प्रशिक्षकको अर्वाडमा गत वर्ष लिभरपुललाई इंग्लिस प्रिमियर लिग जिताएका जर्मन प्रशिक्षक क्लपलले फ्लिकलाई पछि पारेका थिए ।
गत सिजन बार्यनलाई जर्मन लिग र च्याम्पियन्स लिग जिताएका फ्लिक नै यस सम्मानको हकदार भएको मौउरिन्होको जिकिर थियो । फ्लिकले बार्यनलाई लिग र च्याम्पियन्स लिग बाहेक, घरेलु डिएफबी पोकल कप, युइएफए सुपर कप र डिएफएल सुपर कप पनि जिताएका थिए ।
‘बार्यनलाई पाँच उपाधी जिताउँदा पनि फिफाले फ्लिकलाई उत्कृष्ट प्रशिक्षकको अर्वाड दिएन । सायद त्यो अर्वाड पाउनलाई फ्लिकले सात उपाधी जित्नुपर्छ होला । त्यसकारण, बार्यनले अब थप दुई प्रतियोगितामा भाग लिनुपर्छ,’ मौउरिन्होले हाँसिलो मुद्रामा भने ।
लिभरपुल प्रशिक्षक क्लपले फिफाबाट लगातार दोस्रो पटक सम्मान पाएपछि आफु अच्चिमत भएको प्रतिक्रिया दिएका थिए । लिभरपुललाई ३० वर्षपछि पहिलो पटक लिग जित्न मद्धत गरेका क्लपले फिफा सम्मानका लागि फ्लिक बाहेक लिड्स युनाइटेडलाई १६ वर्षमा पहिलो पटक प्रिमियर लिगमा बढुवा गराएका मार्सेलो बिएल्सालाई पछि पारेका थिए ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया