स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक पक्राउ
काठमाडौँ - प्रहरीले स्रोत नखुलेको रु ८० लाखसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको रु ८० लाखसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका–१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई गएराति पक्राउ गरेको छ ।
लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई नियन्त्राण्मा लिएको हो । उनको साथबाट बा ४९ प ८५६५ नंको स्कुटर र नगद रु ३० लाखसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप रु ५० लाख बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ । रासस

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया