शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

काठमाडौँमा बिहानै घाम लाग्यो, देशभरको मौसम कस्‍तो रहला ?

काठमाडौं - पछिल्लो चार दिनदेखि लगातार पानी परिरहेको काठमाडौँ उपत्‍यकामा बिहानैदेखि घाम लागेको छ । बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । 

दिउँसो भने केही क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ । महाशाखाका अनुसार  दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ । शुक्रबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ।  प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ  । न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लाे बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ ।