माछा मार्न जाँदा बेपत्ता तीन जनाको दुई दिनपछि सकुशल उद्धार

कैलाली - माछा मार्न जाँदा बेपत्ता भएका तीन जनाको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । सोमबारदेखि बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका ३ ढुङ्गे बजार बस्ने ६१ वर्षीय खडक घर्ती मगर, सोही ठाउँ बस्ने ३५ वर्षीय विक्रम घर्ती मगर र २६ वर्षीय खडक राना मगरको आज सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
जानकी गाउँपालिका-९ र बर्दियाकोबीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुबाट बुधबार तीनै जनालाई सकुशल फेला पारी उद्धार गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्तले बताए ।

अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर गरिने

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

प्रतिक्रिया