दाङमा खोलाले जीप बगायो, पाँच यात्रुले हाम फालेर ज्यान जोगाए

बुटवल - दाश्रमा खोलाले जीप बगाएको छ । पाँच जना यात्रु सवार जीप गएराति गढवा गाउँपालिका-२ महदेवास्थित खौरा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राति करिब ११ बजेतिर बा १७ च ५३४४ नम्बरको जीप गढवाबाट पोखरातर्फ जाँदै गर्दा खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।
जीपमा सवार पाँच जना यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन् । पाँच जना यात्रु प्रहरी घटनास्थलमा पुग्नुअघि गाडीबाट सकुसल निस्कlसकेका थिए ।
‘मानवीय क्षति भएको छैन । गाडीमा भने क्षति पुगेको छ’ एसपी काफ्ले भने, 'खोलामा बगेको गाडी निकाल्ने प्रयास भैरहेको छ । यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत नर्ती र लमहीको विचमा पर्ने मजगाउँमा पर्यटक बोक्ने बा १ प १३३८ नम्बरको वस दुर्घटनामा परेको छ ।
बस चिप्लिएर सडक किनारामा पल्टिएको छ । तर, मानवीय क्षति भएको छैन । बसमा चालक र सहचालक मात्रै रहेको तथा यात्रु लिनको लागि जाँदै गर्दा दुर्घटनामा परेको हो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया