वर्षाले झापामा १८ घर परिवार विस्थापित

झापा - सोमबारदेखि लगातारको वर्षाका कारण झापामा १८ परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका–१ को टप्पु गाउँका १८ घर परिवार विस्थापित भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार विस्थापित परिवारलाई प्रहरी र पालिकाका जनप्रतिनिधिहरुको सहयोगमा उद्धार गरिएको छ । उनीहरलाई स्थानीय एक सामुदायिक विद्यालयको भवनमा राखिएको छ । अत्यधिक वर्षाका कारण सो क्षेत्र डुबान भएपछि १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।
वर्षाकै कारण गौरीगञ्ज–१ स्थित हुक्लाबारी गाउँका ८५ घर उच्च जोखिममा रहेका छन् । पचासी घर परिवारमध्ये १८ परिवारका ज्येष्ठ नागरिक र अशक्तलाई भने नजिकैको चर्चको भवनमा सारिएको बताइएको छ ।
निरन्तरको वर्षापछि आएको बाढीले झापाको ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । जिल्लाको कुल ८७ हजार ५०० हेक्टरमा धानबाली लगाएको मध्ये करीब ४५ हजार हेक्टरको धानबालीमा वर्षाका कारण क्षति पुगेको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ ।
पाकेर बाली उठाउने बेलाको धानमा बर्सातको पानी पसेर केही ठाउँमा धानीबाली पूर्णरूपमा नष्ट भएको छ भने केही ठाउँमा भने हावा पानीका कारण धानबाली डुबानमा परेको छ । अहिले कृषि ज्ञान केन्द्रले जिल्लाका १५ वटै पालिकामा क्षतिको विवरण सङ्कलन सुरु गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए । रासस

५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

‘सूचना प्रविधि सावधानीपूर्वक प्रयोग गर्नुपर्ने’

डिआईजी चतुर्बेदीद्दारा अपराधिक गतिबिधि र तस्करी पुर्ण रूपमा नियन्त्रण गर्न निर्द…

काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान, दैनिक प्रशोधन क्षमता ५ हजार…

'गृहमन्त्रीको साथी हुँ' भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ

शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

प्रतिक्रिया