खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ

धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध ब्यूरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका– १, पशुपति टोलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भई हाल धनगढी– १ बस्ने ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मजमिल्ल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरूको साथबाट १२ ग्राम दुई सय ५० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाका गणेश नाथले जारी गरेको सूचनामा उल्लेख छ।

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया