हराइरहेका दुई बालिका पोखरीमा मृत भेटिए

जनकपुरधाम : शनिबारदेखि बेपत्ता भएका दुई जना बालिका पोखरीमा मृत भेटिएका छन् । धनुषास्थित लक्ष्मीनियाँ गाउँपालिका-१ बस्ने ६ वर्षाे खुशी यादव र ९ वर्षे राधिका यादव शनिबार दिउँसोदेखि सम्पर्क विहिन भएका थिए।
दुई बालिका मध्ये खुशी शनिबार मध्यराति र राधिका आइतबार बिहान घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार खेल्ने क्रममा ती बालिकाहरु बेपत्ता भएका थिए।
मृतक दुबै बालिकाको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाई सकिएको प्रहरीले जनाएको छ।
वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी

पोखरीमा डुबेर दुई जनाको मृत्यु

सिरहामा केहि दिनभित्रै रोपाइँ सकिने

मधेसको राजस्व सङ्कलनमा प्रगति

फलफूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो
पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

प्रतिक्रिया