बेनी-जोमसोमलगायत ग्रामीण सडक अवरुद्ध

लमजुङ : आइतबार रातिदेखिको भीषण वर्षाका कारण बेनी-जोमसोमलगायत म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र हिलोले बेनी–जोमसोम सडकखण्डको काभ्रेभीरमा सवारी साधन वारपार गर्न नसक्दा मुस्ताङ भ्रमणमा जानलागेका र मुस्ताङबाट फर्कँदै गरेका यात्रुबीच बाटोमा नै अलपत्र परेका छन् ।
म्याग्दीलगायत धौलागिरि क्षेत्रमा अहिलेसम्म पनि भीषण वर्षा भइरहेको छ । वर्षासँगैको हुरी बतासले यस क्षेत्रमा लगाइएको धानबाली, तरकारी र फलफूलबालीमा समेत क्षति पु¥याए पछि कृषकसमेत चिन्तित बनेका छन् ।
त्यसैगरी ग्रामीण सडक अवरुद्ध हुँदा दसैँ मनाएर आफ्नो कार्यक्षेत्रमा फर्कँदै गरेका मानिस ठूलो समस्यामा परेका छन् । गाडी गुड्ने सडकमा खोला बगेको छ । बेनी–बगरफाँट–भकिम्ली सडकको बाङ्गेघरा क्षेत्रमा सडकमै पोखरी बनेपछि साना सवारी साधनसमेत चल्न नसकेको स्थानीय राजकुमार सुवेदीले जानकारी दिए ।
पहिरो र हिलोेका कारण बेनी–दरवाङ, बेनी(मालढुङ्गा, बेनी–बागलुङ सडकखण्डमा पनि सवारी चलाउन कठिन भएको बेनी–दरवाङ सडकखण्डका सवारी चालक सूर्यबहादुर हुमेनले बताए । “ठूला सवारी साधन बल्लबल्ल तातोपानी कटेका छन्, ट्याक्सी जान नसेकेका कारण सिंगाबाट फर्काएर बेनी ल्याएँ”, हुमेनले भने ।
यसैगरी म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात हुन थालेको छ । म्याग्दीको गुर्जा, सोलेको धुरी, रुम, घोडेपानीलगायत क्षेत्रहरूमा हिमपात हुन सुरु भएको स्थानीयले बताएका छन् ।
जिल्लाको उपल्लो भेगमा अचानक जाडो बढेपछि वृद्धवृद्धा र पशुचौपायालाई समस्या उत्पन्न भएको छ । ज्येष्ठ नागरिक घरबाट बाहिर निस्कन सकेका छैनन् । उनीहरू घरभित्र नै आगो बालेर बसेका रुमका टेकबहादुर घर्तीले जानकारी दिए । जिल्लाका तल्लो भेगमा लगाइएको धानबाली वर्षासँगैको हुरी बतासले ढालेर कामै नलाग्ने बनाई दिए पछि कृषक चिन्तित भएका छन् ।

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

प्रतिक्रिया