महामारीबीच दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै

दुबई - दुबईका निजी बैंक र सम्पत्ती व्यवस्थापन क्षेत्रका लागि यो वर्ष पनि सुखद रह्यो । सन् २०१९ मा व्यक्तिगत रूपमा उच्च सम्पत्ती भएका व्यक्ति बस्ने सहरहरूमा दुबई सबैभन्दा अग्रपंक्तिमा आउथ्यो । त्यस्तै, विश्वका धनी व्यक्तिहरूको छनौटमा दुबई उच्च १० गन्तव्यमा पर्दथ्यो ।
सन् २०२० को सुरूदेखि नै महामारीको चपेटामा परेको दुबई सार्वजनिक स्वास्थ्य समस्या देखिएको थियो । यद्यपि रोग नियन्त्रण गर्न देशले उल्लेख्य भूमिका खेलेको थियो । अर्बपतिहरूको गतिविधि अनुसन्धान गर्ने संस्था न्यु वल्र्ड हेल्थ (एनडब्लुएच) ले दुबईमा हाइ–नेट–वेल्थ इन्डिभिजुअल (एचएनडब्लुआई) को संख्या यो जुन महिनामा ३ दशमलब ८ प्रतिशतले बढेको जनाएको छ । दुबईमा गत डिसेम्वरमा ५२ हजार एचएनडब्लुआईमा रहेकोमा अहिले ५४ हजार पुगेको हो । एचएनडब्लुआई अर्थतन्त्रको एउटा शब्द हो जसको अर्थ अमेरिकी डलर १० लाख भन्दा बढी सम्पत्ती भएका धनाढ्य भन्ने बुझाउँछ ।
मध्येपूर्व र अफ्रिका (एमइए) क्षेत्रमा दुबई संसारकै धनी सहर हो । दुबई १६५ ‘सेन्टी–मिलिअनरिज’ र १२ ‘विलिअनरिज’को घरसमेत हो । कम्तिमा एक मिलियन डलर रकम, सम्पत्ती र व्यवसाय भएका व्यक्तिको संख्या जुनमा २ दशमलब ५ प्रतिशतले बढेको एनडब्लुएचको अध्ययनमा उल्लेख छ ।
अर्को एक छुट्टै अध्ययनमा मध्यपूर्वमा आगामी पाँच वर्षमा ३० मिलियन (३ करोड) डलर सम्पत्ती भएका व्यक्तिहरुको संख्या २४ दशमल ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया