भारतलाई झस्काउने चीन र भुटानको सीमा सम्बन्धी त्यो ‘रोडम्याप’

काठमाडौँ - भारत, चीन र भुटान त्रिदेशीय बिन्दूमा देखिएको समस्या चीन-भुटानले आफैँ सुल्झाउन लागेपछि भारत झस्किएको छ । भुटानलाई भारतले सधै आफ्नो अनुकूलको मुलुकको रूपमा लिएको थियो । तर भुटान एक कदम अघि बढ्दै समस्या समाधानमा लागिपरेपछि भारत झस्किनुलाई सामारिक मामिलामा अध्ययन गरेकाहरूले स्वभाविक भनेका छन् ।
विजयमा दशमीको अघिल्लो दिन अर्थात् १४ अक्टोबरमा चीन र भुटानका विदेशमन्त्रीबीच ‘भर्चुअल’ वार्तासँगै सीमा विवाद समाधान हुने रोडम्यापमा हस्ताक्षर भयो । तयसलाई तीन चरणको रोडम्याप भनी प्रचार गरिएको छ । त्रिदेशीय बिन्दूका रूपमा चिनिएको दोक्लम क्षेत्रको विषयमा नै चीन-भुटानले वार्ता गरेर आफैँ समाधान खोजेपछि भारत यतिबेला अलमलमा परेको छ ।
कतिपय चाहिँ भारतले भुटानलाई अघि बढाएको समेत भनेका छन्, तर त्यही रूप चाहिँ देखिँदैन । दोक्लमका विषयमा भारत र चीनका सुरक्षा अधिकारीबीच धकेलाधकेल मात्र होइन, एक अर्कामा धावा बोल्ने काम समेत भएको थियो, चार वर्षअघि । जहाँ दुई महिना भन्दा बढी भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच धकेलाधकेल चलेको थियो । चीनले दोक्लमका विषयमा भारतलाई सामेल नगराई सीधै भुटानसँग सम्झौता गर्न खोज्नु सामान्य होइन ।
भारत र चीनबीच सीमाको विषयमा आ-आफ्नो वक्तव्य जारी भइरहेका बेला भारतसँग समेत जोडिएको भनिएको महत्वपूर्ण क्षेत्रमा चीन र भुटानबीच वार्ता हुनुलाई भारतीय अधिकारीले अस्वभाविक मानेका छन् । यसरी वक्तव्य जारी भइरहँदा चीन र भुटानले भारतले चासो देखाएको बिन्दूमा समाधान खोज्दा भारत त्रसित मात्र बनेको छैन कि यदि भुटानले भारतलाई खासै जानकारी नदिइकन आफ्नो तवरबाट त्यो पहलकदमी लिएको हो भने साँच्चै लोभलाग्दो पहल कदमी हो ।
दोक्लम भुटानको हो भनिरहँदा त्यहाँ चीनले आफूखुसी सडक निर्माण गरिरहेको थियो । त्यसलाई कतिपयले नेपालको कालापानी क्षेत्रमा भारतले सडक बनाइरहेको शैलीको रूपमा पनि व्याख्या गरेका थिए । नेपालले भारतसँग त्यो तवरको कूटनीतिक वार्ता गर्न सकेन, जहाँ भारतले आफ्नो सडक बनाएर छाड्यो । तर भुटानले दोक्लममा चीनसँग गरेको कूटनीतिक वार्ताले नै सीमा विवाद समाधान हुने रोडम्याप तयार भएको छ ।
भारतले पनि औपचारिक रूपमा चीन र भुटानबीच विकसित घटनालाई ‘नोट’ गरेको भन्दै आएको छ । भुटान-चीनबीच ३६ वर्षदेखि र भारत-चीनबीच भारत स्वतन्त्र भएयता सीमा विवाद रहेको पनि भारतीयहरूले जनाउँदै आएका छन् । भुटान र चीनबीच दुई दर्जनभन्दा बढी समय वार्ता भए पनि त्यसले निकास पाउन सकेको थिएन ।
भारत-चीन र भुटानबीच रहेको भनिएको दुई सय ७० वर्ग किलोमिटरको भू-भागका विषयमा विवाद रहेको थियो भने अर्को भुटानको पूर्णतः उत्तरी क्षेत्र करिब पाँच सय वर्गकिलोमिटरमा विवाद छ । चीनले चम्बी घाँटी नजिक रहेको दोक्लम क्षेत्रको भन्दा दोब्बर भू-भाग अन्यत्र दिएर त्यहाँ समाधान खोजिरहेको छ । हुन त, चीनले सधै आफ्ना कमजोर र साना छिमेकसँग सम्बन्ध राम्रो राखेर प्रतिस्पर्धी मुलुकलाई जवाफ दिने गर्छ । हुन पनि चीनले चाहेको भू-भाग ‘चिकन्स नेक’ भनिने सिलगुढी करिडोरबाट निकै नजिकै हुँदा भारत झस्किनु स्वभाविक हो ।
किनकि सिलगुडी करिडोर भारतका लागि महत्व राख्ने क्षेत्र हो । भुटानसँग चीनको पछिल्लो घटनाक्रम समान्य होइन, यसले भारतलाई साँच्चै दबाबमा राख्ने देखिन्छ । यो घटनाक्रमले भारत र चीनबीचमा भुटान पुनः एक पटक फँसेको पनि हुन सक्छ । भारत र भुटानको सम्बन्ध साँच्चै लोभलाग्दो छ । तर, यतिबेला चीनले त्यहाँ प्रवेश पायो भने दुई शक्तिको बीचमा भुटान पर्न सक्ने देखिन्छ ।
चीनले भुटानलाई अघि बढाएर भारतलाई दबाब दिन पनि यस्तो कार्य गरेको हुन सक्ने आँकलन पनि छ । भारत र चीनको जस्तो सीमा विवाद अन्य मुलुकको बिरलै होलान । त्यसैले चीनले भारतलाई तह लगाउन र समाधान गर्न यो विधि अपनाएको पनि होला भने भुटानले पनि भारतबाट बाहिर निस्केर विश्वसँग आफ्नो ढंगले सम्बन्ध विस्तार गर्न खोजेको हुन सक्छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सूचना र विश्लेषणको आधारमा)

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

प्रतिक्रिया