केरलामा बाढी र पहिरोमा ११ जनाको मृत्यु, १३ बेपत्ता

केरला - भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेरर ११ जनाको मृत्यु भएको छ । इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ जना हराइरहेका छन् । कोटयाममा ९ जनाको र इडुक्कीमा २ जनाको शब भेटिएको थियो ।
पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई तीब्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताए । बाढी प्रभावित क्षेत्रमा सेना, पनडुब्बी र हवाई फौज परिचालन गरिएको छ । पहिरोले रुख ढाल्दा बिभिन्न ठाँउमा सडक अबरुद्ध भएको छ । अझै पनि पानी परिरहेकोले उद्दार कार्य प्रभावित भएको छ ।

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया