आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलाली- कैलालीमा मोटरसाइकल अनियन्त्रित भै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका -२ विकास टोलमा से६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक टीकापुर -१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मोटरसाइकलमै सवार सोही ठाउँका १९ वर्षीय आशिष मगर घाइते भएका छन्। दुर्घटना पछि तीनै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।